कांग्रेस महामन्त्रीको मतगणनामा फेरियो समीकरण, उदयशमशेर दोस्रो स्थानमा

कांग्रेस महामन्त्रीको मतगणनामा फेरियो समीकरण, उदयशमशेर दोस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा उदयशमशेर राणा दोस्रो स्थानमा उक्लिएका छन्। उनले अमरसिंह पुनलाई पछि पार्दै आफ्नो स्थान सुधार गरेका हुन्।पछिल्लो मतपरिणामअनुसार प्रदीप पौडेल १ हजार ३ सय ७० मतसहित पहिलो स्थानमा छन्। उदयशमशेर राणाले ७ सय ८३ मत पाएका छन् भने अमरसिंह पुन र सुनिल शर्मा दुवैले समान ५ सय ३९ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने भएकाले दोस्रो स्थानको प्रतिस्पर्धा चासोपूर्ण बनेको छ। अहिलेको नतिजाअनुसार प्रदीप पौडेल र उदयशमशेर राणा अगाडि देखिएका छन्।

तर, मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउँदासम्म उम्मेदवारहरूको स्थान फेरिन सक्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP