चर्चामा
गाजा । गाजामा युद्धविराम लागू भएको एक वर्ष बितिसक्दा पनि हिंसा र मानवीय संकट अन्त्य हुन सकेको छैन। इजरायली आक्रमण जारी रहँदा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन भने खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको अभावले स्थानीय नागरिक थप समस्यामा परेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अक्टोबर १० मा गाजाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा एक बालिकासहित कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको छ।गाजाको स्वास्थ्य मन्त्रालयले सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा १ हजार ४८१ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ। यस अवधिमा ५ हजार २५४ जना घाइते भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
युद्धविरामपछि अवस्था सामान्य बन्दै जाने र पुनर्निर्माणले गति लिने अपेक्षा गरिएको थियो। तर, निरन्तरको हिंसा र राहत सामग्रीको आपूर्तिमा देखिएका समस्याले नागरिकको दैनिक जीवन सहज हुन सकेको छैन।गाजामा खाद्यान्न, औषधि, इन्धन तथा पुनर्निर्माणका लागि आवश्यक सामग्रीको पर्याप्त पहुँच नहुँदा मानवीय सहायता प्रभावकारी रूपमा पुर्याउन कठिन भइरहेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय संस्थाले चिन्ता व्यक्त गरेका छन्।
युद्धविरामको एक वर्ष पूरा भए पनि स्थायी शान्तिको सुनिश्चितता हुन नसक्दा गाजाका नागरिक अझै असुरक्षा र अभावबीच जीवन बिताउन बाध्य छन्। आक्रमण रोक्ने, मानवीय सहायता सहज बनाउने र क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण गर्ने विषय अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!