चर्चामा
जिबुटी । राम्रो भविष्य र रोजगारीको खोजीमा समुद्री बाटो हुँदै यात्रा गरिरहेका आप्रवासी चढेको डुंगा पल्टिँदा अफ्रिकी देश जिबुटीमा ठूलो मानवीय क्षति भएको छ। दुर्घटनामा कम्तीमा १०९ जनाको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार दुर्घटनाका बेला डुंगामा ३०५ जना सवार थिए। जिबुटीको ओबक क्षेत्रबाट यमनतर्फ जाँदै गरेको डुंगा बिहीबार राति र शुक्रबार बिहानको बीचमा समुद्रमा पल्टिएको बताइएको छ।दुर्घटनापछि उद्धार टोलीले ८० भन्दा बढी मानिसलाई बचाएको छ। उद्धार गरिएकामध्ये अधिकांश इथियोपियाका नागरिक रहेको जनाइएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।
अफ्रिकाबाट खाडी मुलुक पुग्ने आशामा धेरै आप्रवासीले जिबुटी हुँदै यमन जाने जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्ने गरेका छन्। तर, अत्यधिक यात्रु बोकेका डुंगा दुर्घटनामा पर्दा यस मार्गमा पटक–पटक ठूलो जनधनको क्षति हुने गरेको छ।
पछिल्लो घटनाले सुरक्षित भविष्यको खोजीमा निस्किएका आप्रवासीले ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था अझै कायम रहेको देखाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!