इटहरी । सुनसरीको इटहरीमा गोमन सर्पले टोकेकी ८ वर्षीया बालिकाको समयमै सर्पदंश उपचार र पीआईसीयू सेवा पाउन नसक्दा मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका-५ की आस्वाना चौहानलाई बुधबार साँझ घरमै खेलिरहेका बेला गोमन सर्पले बायाँ हातमा टोकेको थियो। सुरुमा उनले परिवारलाई जानकारी नदिए पनि अवस्था गम्भीर बनेपछि परिवारले थाहा पाएको थियो।
परिवारका अनुसार उनलाई तत्काल इटहरीस्थित सर्पदंश उपचार केन्द्र लगिए पनि १३ वर्षमुनिका बालबालिकाको उपचार गर्न नसकिने जानकारी दिइएको थियो। त्यसपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा पीआईसीयू खाली नभएको बताइएको थियो।
थप उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइएकी बालिकालाई चिकित्सकले साँझ करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए।
समयमै आवश्यक उपचार र बाल सघन उपचार सेवा उपलब्ध हुन नसक्दा बालिकाको ज्यान गएको परिवारको गुनासो छ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सु ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!