सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।


अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहाललाई गएराति चट्याङ लागेको थियो । गम्भीर घाइते दाहाललाई पाँचखपन आधारभूत अस्पताल वाना पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।


चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन् । उनीहरूको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP