सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २ सय ६० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १ सय ६३ रुपैयाँ कायम भएको छ । बुधबार प्रतिदश ग्राम ४ हजार ७३ रुपैयाँ थियो ।

यससँगै बिहीबार सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP