वीरगञ्जमा ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको सीसी टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१६ स्थित होटल अमन प्यालेसको कोठा नम्बर २०५ बाट भारत मोतिहारी जिल्ला, रक्सौल–१३ का करिब ३५ वर्षीय विशाल कुमार कुशवाहालाई पक्राउ गरेको हो।सशस्त्र प्रहरीका अनुसार कुशवाहाले भारतको रक्सौल नाका हुँदै ल्याएको ब्राउन सुगर बरामद गरिएको हो। बरामद लागूऔषध प्लास्टिकसहित १३२.९२ ग्राम र प्लास्टिक हटाएर तौल गर्दा १३०.०३ ग्राम रहेको खुलेको छ।पक्राउका क्रममा उनको साथबाट BR 05 BS 0419 नम्बरको कालो रंगको HF Discover Pro मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ ३२ हजार १०० र भारतीय रुपैयाँ ४ हजार २०० समेत बरामद गरिएको छ।लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले होटलमा निगरानी बढाएर कुशवाहालाई पक्राउ गरेको जनाएको छ।अपरेसन तथा अनुसन्धानमा डीआईजी दीपेन्द्र शाह र डीएसपी सुवर्ण थापाको कमाण्ड तथा समन्वयमा टोली परिचालन भएको जनाइएको छ।
पक्राउ परेका कुशवाहा र बरामद सामग्रीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले ब्राउन सुगरको स्रोत तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!