नुवाकोटको देवीघाटमा नेपाली सेनाले निर्माण गरेको १९० फिट लामो एक्रो ब्रिज पाँचौँ दिनमै तयार भएको छ। पुल निर्माण सम्पन्न भएसँगै अहिले मानिसका लागि पैदल आवतजावत गर्न खुला गरिएको छ।नेपाली सेनाले निर्माण गरेको उक्त एक्रो ब्रिजले सामान्य अवस्थामा करिब १२० टनसम्म भार धान्न सक्ने भए पनि देवीघाटमा निर्माण गरिएको पुलले हाल ७० टनसम्मको भार धान्न सक्ने क्षमता राख्ने बताइएको छ।यद्यपि पुलबाट सवारीसाधन सञ्चालन गर्न भने अझै एक–दुई दिन लाग्ने जनाइएको छ। साना सवारीसाधनलाई पुलमार्फत दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने भए पनि ठूला तथा भारी सवारीसाधनलाई भने एकतर्फी रूपमा सञ्चालन गरिने बताइएको छ।पुल सञ्चालनमा आएपछि बाढी तथा पहिरोका कारण प्रभावित देवीघाट क्षेत्रको आवागमन सहज हुने र स्थानीय तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!