काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज भदौ २३ गते जेनजी दिवस मनाइँदैछ। दिवसको अवसरमा सरकारले राष्ट्रिय बिदासमेत दिएको छ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार तथा घाइतेहरूको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा आज दिउँसो १२ बजेदेखि भोलि भदौ २४ गते साँझ ५ बजेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा जेनजी आन्दोलन किन र कसरी सुरु भयो भन्ने विषयदेखि आन्दोलनका क्रममा भएका महत्वपूर्ण घटनालाई विभिन्न प्रस्तुति तथा नाटकीय शैलीमार्फत देखाइनेछ। आन्दोलनका क्रममा भएका घटनालाई हुबहु पुनःमञ्चन गर्ने तयारीसमेत गरिएको छ।
एक वर्षअघि भएको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झना तथा घाइतेहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रममा आन्दोलनको पृष्ठभूमि, घटनाक्रम र त्यसले पारेको प्रभावबारे समेत जानकारी गराइने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी भई सहिद परिवार तथा घाइतेहरूप्रति ऐक्यबद्धता जनाउन र जेनजी आन्दोलनका घटनाबारे प्रत्यक्ष जानकारी लिन आयोजकले आम नागरिकलाई आग्रह गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!