चर्चामा
काठमाडौं । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा शिक्षक दरबन्दी, कक्षा भार र आंशिक शिक्षक नियुक्तिसम्बन्धी सूचना उपलब्ध नगराएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ। डा. शेखर अर्यालले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले राष्ट्रिय सूचना आयोग र पुल्चोक क्याम्पसलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
अर्यालले सूचनाको हकसम्बन्धी ऐनअनुसार स्थायी, करार तथा आंशिक शिक्षकको दरबन्दी, शिक्षकको कक्षा भार, नाम, विभाग र नियुक्तिको प्रकृतिसहित आंशिक शिक्षक नियुक्तिको कार्यविधि तथा मापदण्ड माग गरेका थिए।
तर, क्याम्पस प्रशासनले माग गरिएको सूचना उपलब्ध नगराएपछि उनले राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका थिए। त्यसपछि पनि सूचना प्राप्त नभएपछि आयोग र क्याम्पसलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरिएको थियो।
अदालतले निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई असोज २३ गते उपस्थित हुनसमेत आदेश दिएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!