चर्चामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद् प्रभावितको उद्धार र राहतपछि अब पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित प्रदेशको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा उनले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री थापाले गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रमा स्रोत परिचालन गर्न निर्देशन दिए। साथै, बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउनसमेत आग्रह गरे। बैठकमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने विषयलाई प्राथमिकतामा राख्दै कानुनअनुसार दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिइएको छ।
चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई मध्यनजर गर्दै चोरी, डकैती नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउन पनि मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!