चर्चामा
रियाद । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सारीले बिहीबार विमानस्थललाई क्षेप्यास्त्रबाट सफलतापूर्वक निशाना बनाइएको दाबी गर्दै त्यसबाट विमानस्थलको सञ्चालनमा असर परेको बताएका छन्। यद्यपि, हुथीको यो दाबीबारे स्वतन्त्र रूपमा पुष्टि भएको विवरण तत्काल उपलब्ध छैन।
यो साता राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थलमाथि आक्रमण गरेको जिम्मेवारी हुथी समूहले लिएको यो तेस्रो पटक भएको बताइएको छ। प्रवक्ता सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन्।
हुथीहरू सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न छन्। उनीहरूले यमनको उत्तरपश्चिमी क्षेत्रमा ठूलो भूभाग नियन्त्रणमा राख्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग संघर्ष गर्दै आएका छन्।
यसैबीच, यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ। सरकारले हुथी लडाकूलाई लाल सागर आसपासका क्षेत्र तथा बन्दरगाह सहर मोचाका केही रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ।
यमनमा लामो समयदेखि जारी द्वन्द्वका कारण मानवीय संकटसमेत गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।
साउदी अरेबिया र हुथीबीचको तनाव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा तथा हवाई यातायातमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!