सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापीका कर्मचारीविरुद्ध मुद्दा

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापीका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका तत्कालीन सर्वेक्षक अमितकुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धे विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार श्रेष्ठले काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गर्न सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस/रिसवत मागेको उजुरी परेको थियो। अनुसन्धानका क्रममा श्रेष्ठ र नापी अधिकृत पार्धेको मिलेमतोमा सेवाग्राहीसँग घुस मागिएको पुष्टि भएको अख्तियारको दाबी छ।

उजुरीमाथि अनुसन्धान गर्दा घुसबापतको रकम लिन स्वीकृति दिएको र कार्यालयका सहयोगीलाई रकम दिन निर्देशनसमेत भएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ।

आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गरी बिगो ५० हजार रुपैयाँ कायम गरेको छ।

अख्तियारले उनीहरूलाई बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP