जडीबुटी पुलमुनि लुटपाटमा संलग्न तीन जना प्रहरीको गोली लागेर पक्राउ

जडीबुटी पुलमुनि लुटपाटमा संलग्न तीन जना प्रहरीको गोली लागेर पक्राउ

काठमाडौंको कोटेश्वरस्थित जडीबुटी पुलमुनि लुटपाट तथा डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई गोली चलाएर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीमाथि अभियुक्तहरूले खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायरिङ गरेको बताइएको छ। त्यसक्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP