निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ प्रस्थान गरेका छन्। शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाहले पोखरानजिकको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा रात बिताएका थिए। शनिबार बिहान उनी सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका हुन्।
प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाइएको छ। पोखरामा एक रात विश्राम गरेपछि उनी गाडीमार्फत मुस्ताङतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा मुस्ताङका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लिएर स्थानीय तह तथा सर्वसाधारणमा समेत चासो बढेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र हिमाली संस्कृति बोकेको मुस्ताङ पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ।
प्रधानमन्त्री शाहको भ्रमणपछि उनी पुनः काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!