दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो

दुर्घटनामा घाइते न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो

दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत न्यायाधीश डाँगीसहित अन्य तीन जना घाइतेलाई काठमाडौं ल्याइएको हो। उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित अस्पतालमा लगिएको जनाइएको छ।

दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालतका रजिष्ट्रार तारादत्त बडुलाई भने उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। उनीहरूको अवस्था र दुर्घटनाको थप विवरणबारे सम्बन्धित निकायले जानकारी गराउने बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP