काठमाडौंमा आज पनि ७ स्थानबाट ग्यास बिक्री, अभावबीच उपभोक्तालाई राहत

काठमाडौंमा आज पनि ७ स्थानबाट ग्यास बिक्री, अभावबीच उपभोक्तालाई राहत

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट आज (आइतबार) पनि ग्यास सिलिण्डर बिक्री वितरण गरिने भएको छ।

नेपाल आयल निगमका अनुसार शनिबार काठमाडौं जिल्लाका ४ स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर करिब ९० वटा गाडीमार्फत बिक्री वितरण गरिएको थियो। उपभोक्ताको चाप र बजारमा देखिएको अभावलाई मध्यनजर गर्दै सोही व्यवस्थालाई आइतबार पनि निरन्तरता दिइएको हो।

निगमले आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गरिने जनाएको छ। बिक्री केन्द्रहरूमा टेकुस्थित नेपाल आयल निगमको परिसर, पशु सेवा शाखा चपली (बूढानीलकण्ठ), राधास्वामी परिसर कीर्तिपुर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय तथा भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र रहेका छन्।

बजारमा ग्यासको आपूर्ति असहज बनेपछि निगमले वैकल्पिक रूपमा खुला बिक्री केन्द्र सञ्चालन गर्दै आएको छ। निगमले उपभोक्तालाई तोकिएका स्थानबाट मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा मौज्दात नराख्न आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP