चर्चामा
काठमाडौं । उदयपुरस्थित डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालय उदयपुरमा कार्यरत पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समायोजन तथा लिलाम सहमति सिफारिस पत्र उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। प्राप्त उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा पौडेलले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै तथा काममा आलटाल गरी बदनियतपूर्वक १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले उक्त रकमलाई बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरेको छ। सोही मागसहित आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!