चर्चामा
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले वर्तमान सरकार विपद् व्यवस्थापन, उद्धार तथा राहत वितरणमा असफल भएको आरोप लगाएका छन्।
उनले बाढीपहिरोबाट प्रभावित नागरिकहरूको अवस्था अत्यन्तै पीडादायी रहे पनि सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको दाबी गरे। प्रतिपक्षी दलहरू सहयोगका लागि तयार हुँदाहुँदै पनि सरकारले सर्वदलीय बैठकसमेत नबोलाएको भन्दै उनले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमाथि प्रश्न उठाए।
रसाइलीले बाढी आउनुअघि नागरिकलाई समयमै सूचना दिन सरकार असफल भएको तथा सुरुङ दुर्घटनाजस्ता घटनामा पनि उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गरे। दक्ष उद्धार टोलीको समयमै परिचालन गरिएको भए थप क्षति हुन नदिइने उनको भनाइ थियो।
यसैबीच, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति पनि आक्रोश व्यक्त गर्दै उक्त पार्टी कामभन्दा बढी अरूको आलोचना गरेर स्थापित भएको आरोप लगाए। वर्तमान सरकारमा सहभागी रास्वपाको भूमिकामाथि समेत प्रश्न उठाउँदै उनले विपद्का बेला सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरे।
पार्टीभित्रको अवस्थाबारे बोल्दै रसाइलीले नेपाली कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको बताए। पार्टीको सम्पूर्ण ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित रहेको उल्लेख गर्दै उनले ‘गगन थापाको नेतृत्वमा रहेको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस नरहेको’ दाबी गरे।
आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पुनः पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित पार्टी एकताबद्ध भएर अघि बढिरहेको उनको भनाइ छ।
उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक वृद्धको मृत्यु भएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!