चर्चामा
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा पछिल्लो २४ घण्टामा संखुवासभा र भक्तपुरसहित विभिन्न जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।
तराई क्षेत्रमा पनि वर्षाको प्रभाव देखिने भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्र तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि मौसम बदली रहने र विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
निरन्तर वर्षाका कारण नदी, खोला तथा पहिरो जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेको बताइए पनि भ्रमणको मिति ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!