चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग सात घण्टादेखि पूर्णरूपमा अवरुद्ध भएको छ।
शनिबार राति करिब १०ः२५ बजे राजमार्गमाथिबाट रूखसहितको ठूलो सुख्खा पहिरो खसेपछि नारायणगढ–काठमाडौँ सडकखण्ड दुवैतर्फी बन्द भएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ। सडक खुलाउने कार्यका लागि सडक विभागसँग समन्वय गरी डोजर तथा आवश्यक उपकरण परिचालन गरिएको छ।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ तथा काठमाडौँबाट नारायणगढतर्फ आउने-जाने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
राजमार्ग बन्द भएपछि सयौँ यात्रु र मालवाहक सवारीसाधन सडकमै रोकिएका छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ भने अत्यावश्यक सेवामा समेत असर परेको छ।
प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पहिरो हटाउने काम तीव्र गतिमा जारी रहे पनि सडक खुल्ने निश्चित समय भने तय भइसकेको छैन।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!