केरुङ बाढी प्रभावित नेपाललाई चीनले आपत्कालीन सहायता उपलब्ध गराउने

केरुङ बाढी प्रभावित नेपाललाई चीनले आपत्कालीन सहायता उपलब्ध गराउने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्यूरो बैठकले केरुङ बाढीबाट प्रभावित क्षेत्रमा नेपाललाई समेत आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको बैठकले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गर्दै प्रभावित क्षेत्रमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

बैठकले बाढी तथा पहिरोमा परी बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी र उद्धारलाई तीव्रता दिन वैज्ञानिक योजना र प्रभावकारी समन्वयका साथ काम गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्यस्तै, विपद्बाट प्रभावित क्षेत्रको अवस्था नियन्त्रणमा लिन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन थप प्रयास गर्नसमेत निर्देशन दिइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP