कालो चस्मा लगाएर संसद् जान प्रधानमन्त्री बालेनको अनुमति माग

कालो चस्मा लगाएर संसद् जान प्रधानमन्त्री बालेनको अनुमति माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन पाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयमा पत्र पठाएका छन्।

स्वास्थ्य समस्याका कारण चस्मा लगाउनुपर्ने भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा बुझाएका हुन्।

प्रतिवेदनमा प्रधानमन्त्री शाहलाई उज्यालो सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या रहेको उल्लेख छ। स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुन अनुमति मागिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP