२ लाखसम्म अमेरिकी भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू निशानामा!

२ लाखसम्म अमेरिकी भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू निशानामा!

अमेरिकी सरकारले बी-वान र बी-टु व्यापारिक तथा पर्यटकीय भिसा लिएका करिब २ लाख व्यक्तिको भिसा रद्द गर्ने तयारी गरेको छ।

सन् २०१६ देखि २०२६ बीच जारी भएको भिसा प्रयोग गरी अमेरिकामा पुगेपछि शरणका लागि आवेदन दिने वा आवेदन प्रक्रिया अघि बढाइरहेका व्यक्तिहरू यो कदमको मुख्य निशानामा पर्ने बताइएको छ।

अमेरिकी विदेश विभागले पछिल्लो १८ महिनामै करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको छ। अब शरण आवेदनसँग जोडिएका थप भिसामाथि पनि कडा कदम चाल्ने तयारी भइरहेको जनाइएको छ।

यस निर्णयले व्यापारिक वा पर्यटकीय भिसामा अमेरिका पुगेपछि शरण माग्ने हजारौँ मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP