गैंडाकोटको घनिभूत जंगलमा हराएका साढे दुई वर्षीय बालक ५० घण्टापछि सकुशल भेटिएका छन्। लामो समयसम्म जंगलमा हराएका बालक जीवित र सुरक्षित अवस्थामा भेटिएपछि परिवारसहित स्थानीयवासीमा खुसी छाएको छ।
भोक, प्यास, अँध्यारो र जंगलको डरबीच ती अबोध बालकले करिब ५० घण्टा कसरी बिताए होलान् भन्ने सोच्दा मात्रै पनि कहाली लाग्छ। कठिन परिस्थितिमा यति लामो समय जंगलमा रहेर पनि बालक सकुशल भेटिनुलाई धेरैले चमत्कारसरह मानेका छन्।
बालक हराएलगत्तै उनको खोजीमा सुरक्षाकर्मी, स्थानीयवासी तथा विभिन्न सहयोगी हातहरू सक्रिय रूपमा जुटेका थिए। निरन्तर खोजी अभियानपछि बालकलाई सकुशल उद्धार गर्न सफल भएकोमा खोजी कार्यमा खटिएका सबैप्रति परिवार तथा स्थानीयले आभार व्यक्त गरेका छन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!