अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको उक्त विमानमा दुई पाइलट र छ जना यात्रु सवार रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमान एन्कोरेजबाट केप न्युवेनहम जाँदै थियो। केप न्युवेनहम नजिकै अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।
घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले तत्काल खोज तथा उद्धार अभियान सुरु गरेको छ। दुर्घटना स्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्य चुनौतीपूर्ण हुन सक्ने बताइएको छ।
हालसम्म विमानमा सवार दुई पाइलट र छ यात्रुको अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ।
यो घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र समाचार अपडेट हुँदै जानेछ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!