विदेशमा कमाएको पैसा उपचारमा सकियो, ५ हजार लगानीमा चना चटपटे बेचेर बने उदाहरणीय व्यवसायी

विदेशमा कमाएको पैसा उपचारमा सकियो, ५ हजार लगानीमा चना चटपटे बेचेर बने उदाहरणीय व्यवसायी

जनकपुरधाम । वैदेशिक रोजगारीमा सात वर्ष बिताएका उदयपुरका विजय गुप्ता अहिले जनकपुरमा चना चटपटे व्यवसाय गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। विदेशमा कमाएको रकम अल्सरको उपचारमा सकिएपछि नेपाल फर्किएका गुप्ताले जम्मा ५ हजार रुपैयाँ लगानी गरेर सानो व्यवसाय सुरु गरेका हुन्।

गुप्ताका अनुसार अल्सरको उपचारमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भयो। उपचारकै क्रममा विदेशमा कमाएको रकम सकिएपछि उनी ऋणमा समेत डुबे। त्यसपछि विदेश फर्किनुको सट्टा नेपालमै केही गर्ने सोच बनाएर चना चटपटे बेच्न थाले।

सानो लगानीबाट सुरु गरेको व्यवसाय अहिले उनको आम्दानीको मुख्य स्रोत बनेको छ। नियमित मेहनत र निरन्तरताका कारण उनले दैनिक करिब २ हजार रुपैयाँ बचत गर्न सफल भएको बताएका छन्।

व्यवसायबाट भएको आम्दानी बचत गर्दै गुप्ताले भविष्यमा डेढ कट्ठा खेत किन्ने योजना बनाएका छन्। विदेशमा लामो समय बिताउँदा भोगेको संघर्ष र स्वास्थ्यसम्बन्धी समस्यापछि उनले स्वदेशमै सानो लगानीबाट पनि मेहनत गरे आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।

गुप्ता अहिले विदेश जान खोजिरहेका युवालाई स्वदेशमै उपलब्ध अवसर खोजेर सानो व्यवसायबाट सुरुवात गर्न प्रेरित गरिरहेका छन्।

सानो लगानी, निरन्तर मेहनत र आत्मविश्वासले पनि जीवन बदल्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विजय गुप्ता।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP