बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध भएको छ।
पीडित गरिमाका परिवारले प्रशासनले स्थानीयवासीसँग गरेको सहमति आफूहरूको अनुमति र सहमतिबिना भएको भन्दै अस्वीकार गरेका छन्। न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवार सडक धर्नामा बसेको छ।
गरिमाका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।
परिवारको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताइएको छ। सडक अवरुद्ध हुँदा वीरगञ्ज-पथलैया सडकखण्डमा आवागमन प्रभावित भएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!