चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्ड तथा काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
कार्यालयले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो।
धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र वर्षा अझै बढ्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार निरन्तर वर्षाका कारण सडक अवरुद्ध हुने, पहिरो खस्ने तथा अन्य दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई सुरक्षित स्थानमा सवारी साधन राख्न र सुरक्षित रूपमा बस्न अनुरोध गरेको छ। साथै, आवागमन बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!