बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु
भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा मच्चिएको भागदौडमा सात जना महिलाको मृत्यु भएको छ।

जिल्ला अधिकारी शैलेन्द्र कुमारका अनुसार बिजुलीको तार चुँडिएको अफवाह फैलिएपछि मन्दिर परिसरमा अचानक भागदौड मच्चिएको हो।

घटनामा अन्य छ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

घटनापछि मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP