जाजरकोटको भेरी नगरपालिका-२, फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा रती खत्री र उनका छोरा ओमसिंह खत्री मृत फेला परेका छन्।त्यस्तै, चिसापानीमा गएको पहिरोमा परी बेपत्ता भएका भीमबहादुर कार्कीको खोजी भइरहेको छ। पहिरोमा घाइते भएका केदार कार्कीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा परी घाइते भएका ६ जनाको सुर्खेत र जाजरकोटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा खोजी कार्यमा समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।डीएसपी बुद्धीसागर पुरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहे पनि अवरुद्ध सडकका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!