काठमाडौं उपत्यकासहित २९ जिल्लामा बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौं उपत्यकासहित २९ जिल्लामा बाढीको खतरा, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २९ जिल्लामा आइतबार आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाले बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको जनाइएको छ।

तर निरन्तर वर्षाका कारण सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी सोमबार र मंगलबार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही साना नदीमा समेत बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
बाढीको जोखिम रहेका क्षेत्रमा अनावश्यक रूपमा नदी तथा खोलानजिक नजान, यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा स्थानीय प्रशासनका सूचनालाई पालना गर्न महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP