झापाको बिर्तामोडमा भीषण आगलागी, ३ घर पूर्ण रूपमा नष्ट

झापाको बिर्तामोडमा भीषण आगलागी, ३ घर पूर्ण रूपमा नष्ट

झापाको बिर्तामोड नगरपालिका-५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको हो। आगो फैलिँदा तारा अर्यालसुन्दर राजवंशीका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

त्यसैगरी भरत पोख्रेल, सारदा राजवंशीदीपेन्द्रकुमार वलीका घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
1 हप्ता अगाडि

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...

छुटाउनुभयो कि ?

TOP