काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजदेखि देशभरका अस्पतालहरूमा नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालनमा आएका छन्। सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि बन्द गरिएका सेवाहरू पुनः सुचारु भएका हुन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका ओपीडी, शल्यक्रिया तथा अन्य नियमित सेवाहरू ठप्प पारिएका थिए, जसका कारण हजारौँ बिरामी प्रभावित भएका थिए।
बुधबार स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधि तथा नेपाल चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएको हो। सहमतिअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही अगाडि बढाइने, स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी कानुनलाई थप प्रभावकारी बनाइने तथा आवश्यक कानुनी संशोधन प्रक्रिया अघि बढाइने सहमति भएको छ।
सहमतिपछि नेपाल चिकित्सक संघले जारी आन्दोलन तत्काल फिर्ता लिने निर्णय गरेको छ भने देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!