प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट भारतको भूमि मिचिएको भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन। सोही विषयलाई लिएर विपक्षी दलहरूले लगातार ६० दिनदेखि प्रतिनिधिसभा बैठकमा विरोध जनाउँदै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको तथ्य र आधार सार्वजनिक गर्न, तथा प्रमाण पेश गर्न नसके संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। उनीहरूले यस विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अडान राख्दै आएका छन्।
यता, सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित भई समसामयिक विषयमा स्पष्ट जवाफ दिन र देखिएको अन्योल अन्त्य गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्रीको जवाफ र विपक्षी दलहरूको अडानबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ। संसद्को गतिरोध कहिले अन्त्य हुन्छ भन्ने विषय अहिले पनि अन्योलमै रहेको छ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!