काठमाडौं। थानकोट र नागढुंगा जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विशेष समारोहबीच सुरुङमार्ग उद्घाटन गरेका हुन्।
मन्त्री बनेको करिब चार महिनामै देशकै पहिलो सुरुङमार्ग उद्घाटन गर्ने अवसर पाएपछि लम्साललाई राजनीतिक वृत्तमा भाग्यमानी मन्त्रीका रूपमा चर्चा गरिएको छ। उद्घाटनस्थलमा राखिएको सुनौलो शिलालेखमा मन्त्री लम्सालको नाम अभिलेखित गरिएको छ।
शिलालेखमा उल्लेख गरिएको छ, “माननीय पूर्वाधार विकासमन्त्री श्री सुनील लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो।”
उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले मन्त्री लम्सालसँगै रिबन काटेर सुरुङमार्ग उद्घाटन गरेका हुन्। आयोजनास्थलमा नेपाल र जापानको झण्डासहित अर्को शिलालेख पनि राखिएको छ, जसले दुई देशबीचको सहकार्यलाई झल्काउँछ।
नागढुंगा सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। आयोजना ओली सरकारकै अवधारणाअनुसार अघि बढेको दाबी एमाले निकट नेताहरूले गर्दै आएका छन्। तर उद्घाटनस्थलमा ओलीले शिलान्यास गरेको कुनै अभिलेख वा शिलालेख भने देखिँदैन।
यसअघि शिलान्यासका क्रममा राखिएको शिलालेख निर्माणस्थलबाट हटाएर सडक विभागमा राखिएको र पछि आन्दोलनका क्रममा नष्ट भएको दाबी गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।
करिब एक दशकको तयारी र निर्माण प्रक्रियापछि सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गले काठमाडौं उपत्यका प्रवेश र बाहिरिने यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ। यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
काठमाडौं । सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!