काठमाडौं । अमेरिका र इरानबीचको बढ्दो सैन्य तनाव केही मत्थर हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। हर्मुज जलमार्ग पुनः सुरक्षित र सहज रूपमा सञ्चालन हुने आशा बढेपछि सोमबार तेलको मूल्य सात प्रतिशतभन्दा बढीले घटेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ। गत साता मध्यपूर्वमा युद्धको जोखिम बढेपछि तेलको मूल्य १०० अमेरिकी डलर नाघेको थियो।
इरानमा १३ दिनसम्म सैन्य कारबाही सञ्चालन गरेपछि अमेरिकाले आक्रमण रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक वार्तालाई अवसर दिन चाहेको संकेत दिएसँगै तनाव कम हुने अपेक्षा बढेको हो। त्यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ।
यस घटनाक्रमले विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्गमा देखिएको जोखिम कम भएको विश्लेषण गरिएको छ। केही सातायता जलमार्ग आसपासको असुरक्षाका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो चिन्ता बढेको थियो।
यसअघि इरानले हर्मुज क्षेत्र हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चर्किएको थियो। साथै इरान समर्थित हुथी विद्रोहीहरूले लालसागर प्रवेशद्वार बाब-अल–मन्देब जलक्षेत्रमा समेत आक्रमण गरेपछि विश्व व्यापार र ऊर्जा आपूर्तिमा थप दबाब परेको थियो।
तर अमेरिका र इरान दुवैले सैन्य गतिविधि कम गर्ने संकेत दिएसँगै ऊर्जा बजारमा राहत देखिएको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ने र तेल आपूर्ति सहज हुने अपेक्षाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लागेको विश्लेषकहरूको भनाइ छ।
काठमाडौं । बालबालिकामाथि हुने यौन हिंसा, बलात्कार र हत्याका घटनाले यतिबेला देशलाई गम्भीर चिन्तामा पा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!