सुनसरी । सुनसरीको हरिनगर क्षेत्रमा दुई समुदायबीच तनाव उत्पन्न भई झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्राप्त जानकारीअनुसार सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद पोस्टलाई लिएर दुई पक्षबीच विवाद चर्किएको थियो। विवाद बढ्दै जाँदा स्थानीयस्तरमा झडप, नाराबाजी तथा ढुंगामुढा हुन थालेपछि अवस्था तनावग्रस्त बनेको थियो। झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने केही सवारीसाधन र संरचनामा समेत क्षति पुगेको बताइएको छ।
बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार शान्ति–सुरक्षा कायम राख्न तथा थप अप्रिय घटना हुन नदिन कर्फ्यू लागू गरिएको हो। कर्फ्यू अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन लगायतका गतिविधिमा पूर्ण रोक लगाइएको छ।
प्रशासनले स्थानीयवासीलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ। घटनास्थल तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको उपस्थिति बढाइएको छ।
स्थिति सामान्य भएपछि कर्फ्यूबारे थप निर्णय गरिने प्रशासनले जनाएको छ।
काठमाडौं। नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्रीको उपस्थ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!