काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सरोजकुमार लम्सालले अब नेपाल ‘टनेल युग’मा प्रवेश गरेको बताउँदै आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता सुरुङमार्ग निर्माण गरिने घोषणा गरेका छन्।
सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले भने, “अब देशैभर यस्ता टनेल बन्छन्। यो टनेलले हामीलाई धेरै कुरा सिकाएको छ। नेपाल अब टनेल युगमा प्रवेश गरेको छ।”
नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङमार्ग मानिएको नागढुंगा–सिस्नेखोला सुरुङ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। राजधानीको मुख्य प्रवेशद्वारमा रहेको यस सुरुङ सञ्चालनमा आएपछि सवारी चाप व्यवस्थापन, यात्रा समय घटाउने तथा इन्धन बचतमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने आपतकालीन उद्धार तथा सुरक्षाका लागि सहायक सुरुङ २.५५७ किलोमिटर लामो छ।
सरकारले यस परियोजनालाई नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा लिँदै आगामी वर्षहरूमा अन्य पहाडी तथा भौगोलिक रूपमा जटिल क्षेत्रमा पनि सुरुङमार्ग निर्माणको योजना अघि बढाउने जनाएको छ। नागढुंगा सुरुङ सञ्चालनसँगै नेपालले आधुनिक सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु गरेको सरकारको दाबी छ।
काठमाडौं। नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज प्रधानमन्त्रीको उपस्थ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!