धनगढी । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक अधिकृत घाइते भएका छन्।
मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको हो। घटनामा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको ज्यान गएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि लम्कीस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!