काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ठूलो मानवीय क्षति र व्यापक विनाशको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले मृतकको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर संकटकाल घोषणा गरेकी छन्। उनले राहत तथा उद्धार कार्यको नेतृत्व गर्न एक सैन्य जनरललाई जिम्मेवारीसमेत दिएकी छन्।

भूकम्पबाट राजधानी काराकास आसपासका क्षेत्रमा व्यापक क्षति पुगेको बताइएको छ। कैयौं भवन भत्किएका छन् भने मानिसहरू घर छाडेर सडकमा निस्किएका छन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ।
स्थानीय समयअनुसार बेलुका ६ः०४ बजे आएको भूकम्पको केन्द्रबिन्दु मोन्टाल्बान क्षेत्रमा रहेको थियो। केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली धक्का मापन गरिएको थियो।
भूकम्पपछि हालसम्म २० भन्दा बढी परकम्प रेकर्ड गरिएको छ। ला गुआरिया, अरागुआ, काराबोबो र फाल्कन क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। यद्यपि मृतक र क्षतिको आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन।
काठमाडौं। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यसहि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!