विश्व फुटबल महासंघ ले अखिल नेपाल फुटबल संघ लाई गर्‍यो निलम्बन

विश्व फुटबल महासंघ ले अखिल नेपाल फुटबल संघ लाई गर्‍यो निलम्बन

काठमाडौं । विश्व फुटबल महासंघ विश्व फुटबल महासंघ ले अखिल नेपाल फुटबल संघ अखिल नेपाल फुटबल संघ लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ।

बुधबार फिफाले एन्फाका महासचिव किरण राई लाई विद्युतीय पत्रमार्फत जानकारी गराउँदै निलम्बनको निर्णय सुनाएको हो। फिफाले तेस्रो पक्षको अनुचित हस्तक्षेप तथा आफ्ना विधान र नियमको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै उक्त निर्णय गरेको जनाएको छ।

फिफाको पत्रअनुसार सदस्य संस्थाको स्वतन्त्रतामाथि हस्तक्षेप भएको र एन्फाले आफ्ना दायित्वहरूको गम्भीर उल्लङ्घन गरेको निष्कर्षसहित फिफा काउन्सिल ब्युरोले विसं २०८३ असार १० गते एन्फालाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाले निलम्बन फुकुवाका लागि केही सर्तसमेत अघि सारेको छ। त्यसअनुसार विसं २०८२ चैत १२ गते राष्ट्रिय खेलकुद परिषद् ले गरेको निर्णय कुनै पनि सर्तबिना पूर्ण रूपमा फिर्ता लिनुपर्ने र वर्तमान एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, एन्फालाई आफ्नै विधान तथा नियमावलीअनुसार सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिन पनि फिफाले आग्रह गरेको छ।

फिफाको निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त सबै अधिकार अर्को सूचना नभएसम्मका लागि गुमाउने भएको छ। साथै, नेपाली राष्ट्रिय फुटबल टोली तथा एन्फाअन्तर्गतका क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थितिमा गम्भीर असर पार्ने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP