सरकारी साक्षी चापागाईविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा आरोपपत्र

सरकारी साक्षी चापागाईविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा आरोपपत्र

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकास कुमार चापागाई विरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार विकास कुमार चापागाई ले घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालत मा बकपत्र गरेपछि उनीमाथि थप अनुसन्धान गरिएको थियो।

अनुसन्धानबाट झलकराम अधिकारी ले राजस्व चुहावटसम्बन्धी अनुसन्धान कारबाही नगर्ने तथा सहजीकरण गरिदिने उद्देश्यले गैरकानुनी लाभ लिन खोजेको खुलेको आयोगको दाबी छ। त्यसका लागि एच.के. इन्टरप्राइजेज प्रा.लि. का सञ्चालकबाट घुसस्वरूप ५० लाख रुपैयाँ बराबरको चेक विकास कुमार चापागाई को नाममा काट्न लगाइएको र उक्त रकम बैंक खातामा जम्मा गरी झलकराम अधिकारी को निर्देशनमा जग्गा खरिद तथा भुक्तानीमा प्रयोग गरिएको आयोगले जनाएको छ।

आयोगले चापागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरको मतियार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) ऐन, २०६४ अन्तर्गत कसुरमा सहयोग र सहजीकरण गरेको अभियोग लगाएको छ।

५० लाख रुपैयाँ बिगो कायम गर्दै चापागाईलाई मुख्य कसुरदारसरह सजायको मागसहित बुधबार विशेष अदालत मा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP