धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, मन्त्रिपरिषद्का ६ महत्वपूर्ण निर्णय

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त, मन्त्रिपरिषद्का ६ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णयसँगै विभिन्न कानुनी तथा नीतिगत विषयमा ६ वटा महत्वपूर्ण निर्णय गरेको हो।

सरकारका अनुसार बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। त्यस्तै, सहकारी क्षेत्रको सुधार र नियमनका लागि सहकारीसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

बैठकले बचत तथा ऋण सहकारी संस्थाको नियमन र सुपरीवेक्षण सम्बन्धी छुट्टै विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिएको छ। साथै राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरणसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले सहकारी ऐन, २०६४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण तथा मनी लाउन्डरिङ निवारण ऐन, २०६४ तथा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेका प्रतिस्थापन विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

सरकारले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वमा नयाँ अध्यक्ष नियुक्त गर्दै सहकारी, सार्वजनिक खरिद तथा वित्तीय सुशासनसँग सम्बन्धित कानुनी सुधारलाई समेत अगाडि बढाउने संकेत गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, अधिकांश क्षेत्रमा वर्षा; बाढी–पहिरोको जोखिम बढ्यो
1 हप्ता अगाडि

काठमाडौं। देशभर मनसुनको प्रभाव थप सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न ...

छुटाउनुभयो कि ?

TOP