तेहरान । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको नाममा जारी गरिएको नयाँ लिखित सन्देशमा अमेरिकालाई कडा चेतावनी दिँदै ‘बिर्सन नसक्ने पाठ’ सिकाइने उल्लेख गरिएको छ। उक्त सन्देश इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको हो।
सन्देशमा अमेरिका–इरानबीच भएको समझदारी तथा युद्धविरामसम्बन्धी सहमति उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरिएको छ। खामेनीले अमेरिकाले फेरि एकपटक आफ्नो ‘वास्तविक अनुहार’ देखाएको उल्लेख गर्दै उसका नीतिहरू झुटा, अविश्वसनीय र छलपूर्ण रहेको आरोप लगाएका छन्।
सन्देशमा थप भनिएको छ, “यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गर्यो भने उसले ठूलो क्षति बेहोर्नुपर्नेछ। इरान र उसका सहयोगीहरूले यस्तो जवाफ दिनेछन्, जसलाई अमेरिकाले लामो समयसम्म सम्झिरहनेछ।
हाल अमेरिकी र इरानी सैन्य कारबाहीबीच तनाव चुलिएको अवस्थामा आएको यो सन्देशलाई तेहरानको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा दुवै पक्षबीच आरोप–प्रत्यारोप र सैन्य गतिविधि बढ्दै गएको छ।
मोज्तबा खामेनी आफ्ना पिता अली खामेनीपछि इरानको सर्वोच्च नेताको भूमिकामा आएयता सार्वजनिक रूपमा देखिएका छैनन्। उनले हालसम्म कुनै अडियो वा भिडियो सन्देश जारी नगरेको र उनका नाममा सार्वजनिक हुने सबै सन्देशहरू लिखित रूपमै आउने गरेका छन्।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!