काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ठूलो प्रकृतिको मुद्दामा विशेष अदालतमा ३९ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
विशेष अदालतको प्रशासन शाखाका अनुसार प्रतिवादीमध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी रहेका छन्। मुद्दामा मुख्य प्रतिवादी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित अन्यलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अभियोग लगाइएको छ।
अभियोगपत्रअनुसार दीपक भट्टविरुद्ध रु २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा विगो दाबी गरिएको छ। यस्तै शुलभ अग्रवालविरुद्ध रु २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा तथा शेखर गोल्छाविरुद्ध रु ५२ करोड ५० लाख रुपैयाँ विगो दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०(१) बमोजिम अभियोग दर्ता गरिएको उक्त मुद्दा विशेष अदालतमा दर्ता भएको हो।
कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!