काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ। केही दिनअघि एसियन गेम्स छनोटमा असफल भएको नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै एसिया कप यात्रा समाप्त गरेको हो।
बुधबार बिहान वायुमास ओभलमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो। थाइल्यान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र ७४ रन बनाउन सक्यो।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
थाइल्यान्डकी थिपात्चा पुथावङले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन्। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २-२ विकेट लिए भने फनिता मायाले १ विकेट हात पारिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। नानापत कोन्चारोन्काइले अविजित ६३ रनको अर्धशतकीय पारी खेलिन् भने फनिता माया र चनिदा सुथिराङले क्रमशः २६ र १६ रन जोडे।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
यससँगै नेपाली महिला टोली लगातार दोस्रो महत्वपूर्ण प्रतियोगितामा छनोट हुन असफल भएको छ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ठूलो प्रकृतिको मुद्दामा विशेष अदालतमा ३९ जना ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!