गृहमन्त्री सुधन गुरुङ र मन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

गृहमन्त्री सुधन गुरुङ र मन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ ग्रहण सुरु गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराइरहेका छन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद हुन् भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित भएका हुन् । उनीहरू दुवै जना सरकारमा दोस्रो पटक प्रवेश गर्दै छन् । यसअघि गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए र वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । यस्तै, महावीर पुन यसअघि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बालेन शाहको सिफारिसमा सुधन गुरुङ गृहमन्त्री, महावीर पुन प्रविधि मन्त्री बन्ने
14 घण्टा अगाडि

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रा ...

छुटाउनुभयो कि ?

TOP