काभ्रेपलाञ्चोक - लगातार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन तत्कालका लागि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध तथा रोशीको माथिल्लो क्षेत्रमा मंगलबार मध्याह्नदेखि अत्यधिक वर्षा भइरहेको छ। वर्षासँगै रोशी खोलाको पानीको सतह बढेपछि जोखिम बढेपछि सडक बन्द गरिएको हो। प्रहरीका अनुसार रोशी क्षेत्रको चारसयबेशी नजिक पहिरो समेत गएको छ। पहिरो पन्छाउने र पानीको बहाव सामान्य भएपछि मात्रै सडक सञ्चालनमा ल्याइनेछ। हाल बीपी राजमार्ग हुँदै जाने सवारीसाधनलाई धुलिखेल, खुर्कोट र नेपालथोक क्षेत्रमा होल्ड गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
कैलालीको टिकापुर अस्पतालभित्र एक कर्मचारीमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित कर् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!