प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सिफारिस गरिएको छ। दुवै मन्त्रीले आजै दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरुङ चैत १३ गते गृहमन्त्री बनेका थिए तर सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले प्रतिवेदन बुझाउँदै उनको सम्पत्तिबारे उठेका प्रश्न पुष्टि नभएको निष्कर्ष निकालेको थियो। सरकारले समितिको प्रतिवेदन मन्त्रिपरिषद्बाट ग्रहण गरेको छ।
कैलालीको टिकापुर अस्पतालभित्र एक कर्मचारीमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपित कर् ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!